दफा ७३
परिचालक अनुमतिपत्रको प्रतिलिपि दिने
(१) परिचालक अनुमतिपत्र हराएमा वा अन्य कुनै कारणबाट नासिएमा सात दिनभित्र परिचालकले सम्बन्धित अधिकार प्राप्त अधिकारी समक्ष परिचालक अनुमतिपत्रको प्रतिलिपिको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत राखी दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त उपर आवश्यक छानबिन गरी ब्यहोरा ठीक देखेमा अधिकार प्राप्त अधिकारीले परिचालकलाई परिचालक अनुमतिपत्रको प्रतिलिपि दिनेछ ।
(३) उपदफा (२) बमोजिम परिचालक अनुमतिपत्रको प्रतिलिपि जारी गरेको सूचना अधिकार प्राप्त अधिकारीले सम्बन्धित प्रहरी कार्यालयलाई दिनेछ ।